Naya Media
शुक्रबार, साउन १, २०८३
| | July 17, 2026
शुक्रबार, साउन १, २०८३

महोत्तरीमा वृद्ध माथि गोली प्रहार

शौचालय जान निस्केका यादवमाथि गोली प्रहार भएकाे हाे

User Photo आइतवार, फाल्गुन १८, २०७६
काठमाण्डाै ।

महोत्तरीमा १ व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली ६१ वर्षीय यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गाेली कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन । ‘घटना कसले र किन गरायो भन्ने खुलेको छैन,’ डीएसपी बुढाथोकीले भने, ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.