Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

नेपाल भित्रिने भारतीय सवारी साधनको तथ्याङ्क नराखिँदा समस्या

आपराधिक क्रियाकलाप गरेर फर्किँदा समेत पत्तो हुदैन

User Photo मङ्लबार, फाल्गुन २०, २०७६
काठमाण्डाै ।

नेपालको खुला सिमानाका कारण देश भित्रिने भारतीय सवारी साधनको कुनै तथ्याङ्क नराखिँदा समस्या निम्तिन सक्ने भन्दै विज्ञहरुले चिन्ता गरेको छन ।

तथ्याङ्क नराखिँदा सवारी साधनमा नेपाल आएर आपराधिक क्रियाकलाप गरेर फर्किँदा समेत पत्तो नहुने समस्या देखिएकाले नियमन गर्न सुझाएका छन् ।

सरकारका पूर्वसचिव, विभिन्न निकायका प्रमुख सम्बद्ध २५ भन्दा बढी समूहको आयोजनामा ‘नेपालमा विदेशी साधनको आगमन’ विषयमा सोमबार काठमाडौँमा भएको छलफलमा भारतबाट जथाभावी सवारीसाधन भित्रिनाले अराजकता बढ्दै गएको चिन्ता व्यक्त गरे । भारतबाट सवारी साधनमार्फत नेपाल भित्रिनेहरु कहाँ जान्छन्, कति दिन बस्ने, कुन नाकाबाट फिर्ता हुन्छन् भन्ने कुनै तथ्याङ्क नभएको र यसले भविष्यमा ठूलो समस्या हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताए । ‘कति आए, कहाँ गए, कुनै अनुगमन छैन । याे समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।

आउने बेला ठाउँठाउँमा तथ्याङ्क राखिनुपर्छ,’ उनले भने, ‘नेपालबाट भारत जाने सवारीसाधनले कति यात्रु लगेको छ कुनै अनुगमन छैन । सुरक्षाको दृष्टिकोणले हेर्नुपर्छ ।’ ‘नेपाल आउने हरेक विदेशीको परिचय के हो ? रेकर्ड तत्कालदेखि राख्न जरुरी छ,’ पूर्व सचिवसमेत रहेका उपाध्यायले भने ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.