आज भन्दा बाह्र बर्ष अघि आफ्नै गाउँका एक युवा संग माया बस्याे । घर परिवारकाे स्विकृती थिएन तर प्रेमलाइ सफल बनाइ छाड्ने दुबैकाे बाचालाइ कसैले राेक्न सकेन । दुवैले मिलेर निर्णय गरे, विवाह गर्ने र गरे पनि । १७ बर्षकाे उमेरमा भएकाे प्रेम विवाह अहिले जिन्दगीकाे सबै भन्दा ठुलाे गल्ती लाग्न थालेकाे छ उनलाई । अहिलेकाे घर न घाटकाे अवस्था त्यतिबेला गलत मान्छेलाई गरेकाे विश्वासकाे परिणाम लाग्न थालेकाे छ लक्ष्मीलाई ।
२०६४ सालकाे कुरा हाे घर नजिकै (छिमेक) कै एक युवक संग माया बस्याे । जुन प्रेम सम्बन्धलाई लक्ष्मीका परिवारले स्विकार गर्न मानेनन । परिवारले नमान्दा नमान्दै पनि दुबै जनाले सहमतीमै २०६९ सालमा विवाह गरे । त्यो बेलामा लक्ष्मिको उमेर मात्र १७ वर्ष मात्र थियो । विवाह पछी एक छाेराकाे जन्म भयाे । तर अहिले छाेरा सहित लक्ष्मि विचल्लीमा परेकी छिन ।
कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ की लक्ष्मि तिमिल्सेना (भण्डारी) र उनका श्रीमान तुफान भण्डारी भनेर चिनिले तुलाराम भण्डारी विचकाे प्रेम विवाह अहिले आएर लक्ष्मीका लागी सजाय जस्तै बनेकाे छ । विवाह त भयाे तर तुलारामकाे आर्थिक अवस्था पनि राम्राे थिएन, नभए पनि विवाह पछिकाे केही समय खुसीमै वितेकाे सम्झदै लक्ष्मि भन्छिन, म त घरकाे अवस्था जस्ताे भए पनि खुसी नै थिए, गरेर खाइहालिन्छ भन्ने विश्वास थियाे । तर विवाहकाे छैटौ बर्ष नवित्दै श्रीमान अर्कि लिएर भागे ।
गाउमै ॠण गरेर बनाएकाे घरमा समेत बस्न नपाएकाे पिडा पाेख्दै हिडने दिनचर्या बनेकाे छ लक्ष्मिकाे आजभाेली । उनी भन्छिन्- विभिन्न समुहबाट घर बनाउन लिएकाे ऋण तिर्न भनेर दुवै जना भारतमा मजदुरी गर्न गयाै, तर त्यहाँ राम्राे कमाइ भएन । समुहबाट ३ प्रतिशतमा लिएको करिव सात लाख ऋण तिर्न भारतमा बसेर सकिदैन भनेर तुलाराम (तुफान) ले विदेश जाने निर्णय लक्ष्मिलाइ सुनाए । उनी पनि ऋण श्रीमान विदेश गए पछी त सबै ऋण सकिन्छ भन्दै दङ्ग भइन ।
गत भदौमा बिदेश जानको लागी पासपाेर्ट बनाउने भन्दै लक्ष्मी सँग बीस हजार लिएर श्रीमान काठमाडौ गए । काठमाण्डाै गएका श्रीमान पासपाेर्ट बनाएर घर आउलान भनेर कुरेकी लक्ष्मी अहिले सम्म कुरिरहेकीछिन तर श्रीमान फर्किएनन । केही दिनमै उनले खबर पाइन श्रीमान भने अर्कै संग विवाह गरेर भागिसके । सर्लाहि ठेगाना बताउने मेरिका बस्नेतलाई लिएर श्रीमान भागेकाे उनकाे दाबि छ ।
श्रीमान भागे संगै लक्ष्मीमाथि अर्काे समस्या थपियाे । घरमा सासुले पनि घरमा ताल्चा लगाएर फरार भइन । अहिले लक्ष्मी संग न बस्ने घर छ न श्रीमान वा परिवार ।
तिन बर्षिय छोरा सहित अहिले माईतीकाे शरणमा बसेकी लक्ष्मि भन्छिन्- श्रीमानले भगाएकी मेरीकाको घर सलार्हिको शंकरपुर गाउँपालिकामा छ भन्ने सुनेकि छु । मेरिकाकै एक जना साथिबाट जानकारी पाएकाे उनी बताउछिन ।
घरमा सम्म बस्न नपाएकी लक्ष्मीमाथि अर्काे समस्या छ, आमासमुह बाट लिएकाे ऋण । समुहबाट निकालिएकाे ऋण लक्ष्मीकै नाममा छ । तिन प्रतिशत ब्याजमा निकालेकाे त्यत्राे ऋण कसरी तिर्ने, छाेराे कसरी पाल्ने भन्ने पिरले सताइरहन्छ, लक्ष्मि भन्छिन, माइतिमै बस्न पनि कसरी बस्नु, आफ्नै खुसीले गरेकाे विहे ।
श्रीमान खाेजि माग्न उनले ईलाका प्रहरी कार्यालय लम्कीमा उजुरी पनि दिएकी छ्न । तर प्रहरी कार्यलयले चासाे नै नदिएकाे लक्ष्मीको आरोप छ ।
तर प्रहरिले भने अनुसन्धानका सम्पुर्ण प्रक्रिया अगाडि बढाएको दाबी गरेको छ ।