Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

“श्रीमान अर्की लिएर भागे, सासु घरमा ताल्चा लगाएर फरार भए पछी बस्ने घर सम्म छैन”

तिन बर्षिय छोरा सहित अहिले माईतिमा बस्दै आएकी लक्ष्मि भन्छिन- कसैले चासाे दिएन

User Photo मङ्लबार, फाल्गुन २७, २०७६
लम्की, कैलाली ।

आज भन्दा बाह्र बर्ष अघि आफ्नै गाउँका एक युवा संग माया बस्याे । घर परिवारकाे स्विकृती थिएन तर प्रेमलाइ सफल बनाइ छाड्ने दुबैकाे बाचालाइ कसैले राेक्न सकेन । दुवैले मिलेर निर्णय गरे, विवाह गर्ने र गरे पनि । १७ बर्षकाे उमेरमा भएकाे प्रेम विवाह अहिले जिन्दगीकाे सबै भन्दा ठुलाे गल्ती लाग्न थालेकाे छ उनलाई । अहिलेकाे घर न घाटकाे अवस्था त्यतिबेला गलत मान्छेलाई गरेकाे विश्वासकाे परिणाम लाग्न थालेकाे छ लक्ष्मीलाई ।

२०६४ सालकाे कुरा हाे घर नजिकै (छिमेक) कै एक युवक संग माया बस्याे । जुन प्रेम सम्बन्धलाई लक्ष्मीका परिवारले स्विकार गर्न मानेनन । परिवारले नमान्दा नमान्दै पनि दुबै जनाले सहमतीमै २०६९ सालमा विवाह गरे । त्यो बेलामा लक्ष्मिको उमेर मात्र १७ वर्ष मात्र थियो । विवाह पछी एक छाेराकाे जन्म भयाे । तर अहिले छाेरा सहित लक्ष्मि विचल्लीमा परेकी छिन ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ की लक्ष्मि तिमिल्सेना (भण्डारी) र उनका श्रीमान तुफान भण्डारी भनेर चिनिले तुलाराम भण्डारी विचकाे प्रेम विवाह अहिले आएर लक्ष्मीका लागी सजाय जस्तै बनेकाे छ । विवाह त भयाे तर तुलारामकाे आर्थिक अवस्था पनि राम्राे थिएन, नभए पनि विवाह पछिकाे केही समय खुसीमै वितेकाे सम्झदै लक्ष्मि भन्छिन,  म त घरकाे अवस्था जस्ताे भए पनि खुसी नै थिए, गरेर खाइहालिन्छ भन्ने विश्वास थियाे ।  तर विवाहकाे छैटौ बर्ष नवित्दै श्रीमान अर्कि लिएर भागे ।

गाउमै ॠण गरेर बनाएकाे घरमा समेत बस्न नपाएकाे पिडा पाेख्दै हिडने दिनचर्या बनेकाे छ लक्ष्मिकाे आजभाेली । उनी भन्छिन्- विभिन्न समुहबाट घर बनाउन लिएकाे ऋण तिर्न भनेर दुवै जना भारतमा मजदुरी गर्न गयाै, तर त्यहाँ राम्राे कमाइ भएन । समुहबाट ३ प्रतिशतमा लिएको करिव सात लाख ऋण तिर्न भारतमा बसेर सकिदैन भनेर तुलाराम (तुफान) ले विदेश जाने निर्णय लक्ष्मिलाइ सुनाए । उनी पनि ऋण श्रीमान विदेश गए पछी त सबै ऋण सकिन्छ भन्दै दङ्ग भइन ।

गत भदौमा बिदेश जानको लागी पासपाेर्ट बनाउने भन्दै लक्ष्मी सँग बीस हजार लिएर श्रीमान काठमाडौ गए । काठमाण्डाै गएका श्रीमान पासपाेर्ट बनाएर घर आउलान भनेर कुरेकी लक्ष्मी अहिले सम्म कुरिरहेकीछिन तर श्रीमान फर्किएनन । केही दिनमै उनले खबर पाइन श्रीमान भने अर्कै संग विवाह गरेर भागिसके । सर्लाहि ठेगाना बताउने मेरिका बस्नेतलाई लिएर श्रीमान भागेकाे उनकाे दाबि छ ।

श्रीमान भागे संगै लक्ष्मीमाथि अर्काे समस्या थपियाे । घरमा सासुले पनि घरमा ताल्चा लगाएर फरार भइन । अहिले लक्ष्मी संग न बस्ने घर छ न श्रीमान वा परिवार ।

तिन बर्षिय छोरा सहित अहिले माईतीकाे शरणमा बसेकी लक्ष्मि भन्छिन्- श्रीमानले भगाएकी मेरीकाको घर सलार्हिको शंकरपुर गाउँपालिकामा छ भन्ने सुनेकि छु । मेरिकाकै एक जना साथिबाट जानकारी पाएकाे उनी बताउछिन ।

घरमा सम्म बस्न नपाएकी लक्ष्मीमाथि अर्काे समस्या छ, आमासमुह बाट लिएकाे ऋण । समुहबाट निकालिएकाे ऋण लक्ष्मीकै नाममा छ । तिन प्रतिशत ब्याजमा निकालेकाे त्यत्राे ऋण कसरी तिर्ने, छाेराे कसरी पाल्ने भन्ने पिरले सताइरहन्छ, लक्ष्मि भन्छिन, माइतिमै बस्न पनि कसरी बस्नु, आफ्नै खुसीले गरेकाे विहे ।

श्रीमान खाेजि माग्न उनले ईलाका प्रहरी कार्यालय लम्कीमा उजुरी पनि दिएकी छ्न । तर प्रहरी कार्यलयले चासाे नै नदिएकाे लक्ष्मीको आरोप छ ।

तर प्रहरिले भने अनुसन्धानका सम्पुर्ण प्रक्रिया अगाडि बढाएको दाबी गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.