काठमाण्डाै ।
धनुषामा दाइजोकै कारण विवाह भाँडिएको छ । नगराइन नगरपालिका–२२, जटहीस्थित मुसहरी टोलमा आइतबार साँझ तय गरिएको विवाहमा जन्ती नआएपछि भाँडिएको हो ।
‘मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घर पुगेका थिए । तर घरमा बेहुला र उनका बुवा दुवै भेटिएनन् । दुवैजना लुकेर बसेका थिए,’ नागरिकमा समाचार छ ।
