Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

पूर्वसूचना दिएरै बास्कोटाको घरमा बम विष्फोट, विस्फाेट हुदा ड्युटीमै थिए प्रहरी

पूर्वसूचना हुँदाहुँदै पनि बास्कोटाको घरमा बम विष्फोट

User Photo बुधबार, फाल्गुन २८, २०७६
काठमाण्डाै ।

बुधबार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’समूहलाई प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेको छ । विप्लव समूहलाई प्रतिवन्ध लगाएको वर्ष दिनमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा विप्लव समूहको टार्गेटमा पर्छन् भन्ने सूचना प्रहरी अधिकारीले पाएका थिए ।

त्यसैले बन्दै गरेको घरको सुरक्षामा सशस्त्र प्रहरीका सईको कमाण्डमा दुई जना प्रहरीलाई सुरक्षाका लागि राखिएको थियो । तर, उनीहरुले विष्फोटक पदार्थ राखिएको सुइँकोसमेत पाएनन् ।

जसका कारण भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको घरमा बम विष्फोट भएको छ । पूर्वसूचना हुँदाहुँदै पनि बास्कोटाको घरको पूर्वतर्फको पर्खालभित्रै बम राखेर विष्फोट गराइएको छ । यसले सुरक्षा संयन्त्रमा गम्भीर प्रश्न उब्जिएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी सविन प्रधानले भने, ‘हामीले नियमित रुपमा कुनै पनि ठाउँमा कुनै पनि प्रकारको घटना हुन्छ भन्ने अनुमान पनि गर्छौं र त्यही अनुमानको आधारमा सर्टेन एरिया कभर गरिराखेको हुन्छ । पूर्वसञ्चारमन्त्री ज्यूको घरचाहिँ अलिकति थ्रेटमा छ भन्ने महसुस गरेर हामीले २४ सै घण्टा ड्युटी तैनाथ गरेको अवस्था पनि थियो ।’

सुरक्षाका लागि असईको नेतृत्वमा २ प्रहरी खटाइएको भए पनि विस्फोटको समयमा भने १ जना प्रहरी जवानमात्र ड्युटीमा थिए ।

यद्यपि अहिलेको विष्फोट कसले गरायो भन्ने खुलिसकेको छैन । यद्यपि प्रहरी अधिकारीहरुले यस विष्फोटमा विप्लव समूहकै हात रहेको अनुमान गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.