Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

संलग्न अन्य ३ जनाको खोजी जारी

User Photo बुधबार, फाल्गुन २८, २०७६
काठमाण्डाै ।

महोत्तरीमा दुई साताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेकी दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो ।

बलात्कारमा संलग्न ७ जनामध्ये चार जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जनालाई उनीहरुकै बयानका आधारमा पक्राउ गरी कारबाही प्रकि्रया अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-६ बस्ने २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभात रहेका छन् ।

पक्राउ परेकासहित ७ जनाले परिक्रमा मेला हेर्न गएका १६ / १७ वर्षीया दुई किशोरीलाई जवरजस्तीकरणी गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.