Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

ट्रकभित्रै किशोरी सामुहिक बलात्कृत, ३ जना पक्राउ

सडक किनारामा पार्किङ्गमा राखिएकाे ट्रक भित्रै बलात्कार

User Photo बुधबार, चैत्र ५, २०७६
काठमाण्डाै ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका- १५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छन् । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले किशोरी बलात्कारमा संलग्न ३ जनालाई तत्काल नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान गर्दै कारबाही प्रक्रिया अघि बढाउन लागिएको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.