Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

छिमेकी युवक द्वारा १३ वर्षीय बालिका बलात्कृत

अर्का छिमेकीले देखे- मुख थुनेर बालिकाकै घर पछाडि बलात्कार

User Photo शुक्रबार, चैत्र १४, २०७६
काठमाण्डाै ।

कपिलवस्तुमा १३ वर्षकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ कि ती बालिका छिमेकी युवकबाटै बलात्कृत भएकी हुन् ।

राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षका युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडि लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् ।

स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धारगरेका थिए । बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ ।

युवक भने फरार भएका छन् । बालिकाको बुबा रोजगारीका लागि भारतमा छन् भने घरमा उनी आमासँग बस्दै आएकी छन् ।

गाउँलेहरु पीडित बालिकासहित जिल्ला प्रहरी कार्यालय तौलिहवा पुगेका छन् । बलात्कृत बालिकाको घाउँजाँच तथा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले घटनाका आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.