Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, हतियार सहित ४ जना पक्राउ

User Photo मङ्लबार, बैशाख २, २०७७
काठमाण्डाै ।

कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएकाे छ । जिल्लाको गौरीगंगा नगरपालिका-१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

बलात्कारमा संलग्न रहेकाे आरोपमा ४ युवालाई प्रहरीले पक्राउ गरेको छ ।

आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् ।

घटनामा संलग्नको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ । धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको बस्नेतले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.