Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

कैलालीको भजनीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

User Photo बुधबार, बैशाख ३, २०७७
काठमाण्डाै ।

कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका- ४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।

उनीहरुमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको उनले जानकारी दिए ।

यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो । घटनामा संलग्नताको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.