बच्चाकाे झगडालाई लिएर अभिभावक बिच कुटाकुट हुदा आमाकाे मृत्यु

मङ्लबार, बैशाख १६, २०७७, काठमाण्डाै । 

सर्लाहीको हरिपूर्वा नगरपालिका ८ बसन्तपुरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सैदुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खातुन र खोधदी अन्सारीको परिवारबीच बच्चाको झगडाको विषयलाई लिएर विवाद भएको थियो । विवाद बढ्दै जाँदा आन्सारीको परिवारले खातुनलाई निर्घात कुटपिट गरेको थियो ।

कुटपिटबाट घाइते बनेकी खातुनलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । दिउँसो खातुन र अन्सारीको बच्चाबीच सामान्य झगडा भएको थियो । त्यही झगडा परिवार परिवारबीच हुन पुग्दा ठूलो दुर्घटना भएको नायव उपरीक्षक कुवँरले बताए ।

घटनामा संलग्न ५ जनालाई हिरासतमा लिइ अनुसन्धान भइरहेको छ । खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै