Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

बच्चाकाे झगडालाई लिएर अभिभावक बिच कुटाकुट हुदा आमाकाे मृत्यु

User Photo मङ्लबार, बैशाख १६, २०७७
काठमाण्डाै ।

सर्लाहीको हरिपूर्वा नगरपालिका ८ बसन्तपुरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सैदुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खातुन र खोधदी अन्सारीको परिवारबीच बच्चाको झगडाको विषयलाई लिएर विवाद भएको थियो । विवाद बढ्दै जाँदा आन्सारीको परिवारले खातुनलाई निर्घात कुटपिट गरेको थियो ।

कुटपिटबाट घाइते बनेकी खातुनलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । दिउँसो खातुन र अन्सारीको बच्चाबीच सामान्य झगडा भएको थियो । त्यही झगडा परिवार परिवारबीच हुन पुग्दा ठूलो दुर्घटना भएको नायव उपरीक्षक कुवँरले बताए ।

घटनामा संलग्न ५ जनालाई हिरासतमा लिइ अनुसन्धान भइरहेको छ । खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.