Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

किशोरीलाई ५० रुपैयाँ दिई बलात्कार, घटना सार्वजनिक नगर्न १० लाखकाे चेक

User Photo शुक्रबार, बैशाख २६, २०७७
काठमाण्डाै ।

कञ्चनपुरमा १५ वर्षकी किशोरी बलात्कारको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

किशोरीलाई ५० रुपैयाँ दिई बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ ।

पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भरहेको बताए । `५० रुपैयाँ दिएर बलात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ´ उनले भने, ‘अनुसन्धानको काम अन्तिम चरणमा पुगेको छ ।´

वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.