Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

रूकुम घटनामा वेपत्ता थप एक जनाकाे शव भेटियाे, वडाध्यक्ष सहित १२ जना पक्राउ

User Photo मङ्लबार, जेष्ठ १३, २०७७
काठमाण्डाै ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा अन्तरजातीय प्रेमका कारण भएको घटनापछि बेपत्ता मध्य थप एक जनाको शव सोमबार भेटिएको छ।

सोतीस्थित मल्ल थरकी किशोरीसँगको प्रेमसम्बन्धपछि २० जनाको केटापक्षको टोली केटी लिन गएका थिए। ती युवा र सोतीका स्थानीयबीचको झडप भएको थियो । २ जनाकाे शव भेरी नदी किनारमा फेला परेको थियो।

सोमबार थप एक जनाको शव भेटिएको हो। बेपत्ता केही युवाको अवस्था भने अझै अज्ञात छ। प्रहरीले दिएको जानकारीअनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी किशोरी लिन करिब २० जनाको टोली नै बनाएर युवाहरु गएका थिए।

सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको मृत्यु भएको थियो । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको हो। भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन्।

घटनामा संलग्न रहेको अरोपमा चौरजहारी नगरपालिका ८ का वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिएका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.