
रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा अन्तरजातीय प्रेमका कारण भएको घटनापछि बेपत्ता मध्य थप एक जनाको शव सोमबार भेटिएको छ।
सोतीस्थित मल्ल थरकी किशोरीसँगको प्रेमसम्बन्धपछि २० जनाको केटापक्षको टोली केटी लिन गएका थिए। ती युवा र सोतीका स्थानीयबीचको झडप भएको थियो । २ जनाकाे शव भेरी नदी किनारमा फेला परेको थियो।
सोमबार थप एक जनाको शव भेटिएको हो। बेपत्ता केही युवाको अवस्था भने अझै अज्ञात छ। प्रहरीले दिएको जानकारीअनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी किशोरी लिन करिब २० जनाको टोली नै बनाएर युवाहरु गएका थिए।
सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको मृत्यु भएको थियो । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको हो। भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन्।
घटनामा संलग्न रहेको अरोपमा चौरजहारी नगरपालिका ८ का वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिएका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द