रूकुम घटना : नवराजसहित ४ जनाकाे शव फेला

बुधबार, जेष्ठ १४, २०७७, काठमाण्डाै । 

अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

लोकन्द्रको सव स्थानियले फेला पारेका हुन् । योसँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै हराइरहेका छन् । भेरी नगरपालिका वडा नम्वर ११ का  गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता  छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यसअघि नै फेला परेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै