झापाकाे बुद्धशान्तिमा महिलाकाे शव फेला परेकाे छ । बुद्धशान्ति- ४ स्थित जंगलमा अन्दाजी ४०/४५ बर्षिय महिलाकाे शव फेला परेकाे प्रहरीले जनाएकाेछ ।
जंगलमा वेवारिसे अवस्थामा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले शव पाेष्टमार्टमका लागी पठाइसकेकाे इलाका प्रहरी कार्यालय, बुद्धशान्तिका प्रमुख युवराज राईले जानकारी दिनुभयाे । हत्या वा आत्महत्या बारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
शव हेर्दा एक/ दुई दिन अघि मृत्यु भएकाे हुन सक्ने अनुमान गरिएकाेछ । स्थानिय स्तरमा सामान्य साेधपुछ भए पनि शवकाे पहिचान हुन नसकेकाे र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे प्रमुख राईले बताउनु भयाे ।
