Naya Media
बुधबार, भदौ १०, २०८३
| | August 26, 2026
बुधबार, भदौ १०, २०८३

अस्पतालमा पेट्रोल बम प्रहार बिरामीको भागाभाग

User Photo बुधबार, असार १७, २०७७
काठमाण्डाै ।

विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम प्रहार भएको छ। बुधबार बिहान स्कुटरमा आएका तीन जनाको समुहले अस्पतालको पछाडिबाट पेट्रोल बम प्रहार गरेको हुन्।

बियरको बोतलमा बनाएको सो बम प्रहारले अस्पतालमा क्षति नपुर्‍याए पनि उपचारार्थ रहेका बिरामीहरु भागाभाग गरेका थिए। करिव तीन बजेतिर उनीहरु मदिराले मातिएर अस्पतालको मुल गेटबाट अस्पतालको परिसरमा छिरेका थिए। अस्पताल परिसरमा प्रवेश गरेपछि अपशब्द बोल्दै गालीगलौज गर्न थालेपछि आकस्मिक विभागका चिकित्सकसहित अस्पतालका कर्मचारीहरुले गार्डमार्फत गेटबाहिर निकालेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले कर्मचारीहरुले तीन वटा गार्डको सहयोगले तीन जनालाई बाहिर निकालेर मुल गेटमा ताला लगाएको जनाए। निकालेपछि तथानाम गाली गर्दै स्कुटरमा गएको महताले बताए। अस्पतालबाट बाहिर निकाल्ने क्रममा उनीहरुले गार्ड पेसल बस्नेतमाथि हातपात गरेका मेहताले बताए।

केही समयपछि अस्पतालको पछाडि रहेको बलभद्र मार्गबाट बियरको बोतलमा बनाएको पेट्रोल बम अस्पतालको परिसरमा फ्याँकेको मेहताले बताए।
अगाडिको गेटबाट बाहिर निकालेपछि उनीहरु अस्पतालको पछाडिको गेटबाट प्रवेश गर्न खोजेका तर गार्डले गेट नखोलेपछि प्रहार गरेर भागेको उनको दाबी छ। ‘गेट खोलेको भए भित्र आएर पड्काउने थिए’ उनले भने‘गार्डले गेट नखोलेकाले फ्याँकेर गयो।’

ठूलो आवाज आएपछि बिरामीहरु भागाभाग गरेको उनले बताए। उपचार्थ भर्ना रहेका ८ जना बिरामीमध्य एक जनाले डिस्चार्जसमेत भएर गएको बताए। मोरङको सुन्दरहरैचाका खगेन्द्र लुँइटेलले उपचारकै क्रममा बिहान डिस्चार्ज भएर अर्को अस्पतालमा गएको उनले बताए। ‘अरु बिरामीहरु पनि डिस्चार्ज माग्दै छन्’, उनले भने ‘हामीले बिहानैदेखि सम्झाएर राखेका छौँ।’

अस्पतालका अध्यक्ष सतरुधन यादवले कसैसँग कुनै विवाद नभएको र अस्पतालमा भय सृजना गर्न खोज्नेलाई कारवाही गर्नुपर्ने माग गरे। ‘कसैसँग विवाद भएको छैन्, किन तान्डव मच्चाए म नै आश्चर्यमा परेको छु’ उनले भेन।

यसैबीच सो घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। विराटनरगर-११ का मेलिस लामा र सन्तबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए। अस्पताल प्रशासनले बुधबार बिहान पेट्रोल बम प्रहार भएको बताउँदै आए पनि प्रहरीले पेट्रोल बम नभएको जनाएको छ। मदिरा सेवन गरेको समूहले बियरको बोतल अस्पतालमा प्रहार गरेको प्रहरी उपरीक्षक खड्काले बताए। ‘हामी अनुसन्धान गर्दे छौं’, उनले भने,‘किन गरेको भन्ने बाहिर ल्याउँछौं।

पक्राउ परेका दुवै जना विराटनगरमा अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले बताएको छ। उनीहरु पटक-पटक मदिरा सेवन गरेर कुटपिट गर्ने पैसा माग्नेलगायतका काम गरेर प्रहरीको कारवाही परेका थिए। प्रहरी प्रमुख खड्काले पक्राउ परेकाबारेमा विगतमा के कस्ता मुद्दा दर्ता भएको र अन्य कुन कुन अपराधमा मुछिएका छन् भनेर खोजी गर्न थालेको बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.