Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

वडाध्यक्षबाट कुटिए वृद्ध

User Photo सोमवार, साउन १९, २०७७
काठमाण्डाै ।

जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ।उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पीडित कार्कीको आरोप छ । कार्की षडानन्द नगरपालिकाको दिङ्लाबजारदेखि घर जाने क्रममा गत शनिबार कुटिएका थिए। पीडित कार्कीको छाती, हात र खुट्टामा चोटपटक लागेर गम्भीर घायते भएको उनकी श्रीमती इन्दिरा कार्कीले बताइन्।

यता वडाध्यक्ष बुडाथोकीले बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र सामान्य विवाद मात्र भएको स्वीकारेका छन् । विवादपछि ठेलाठेल हुँदा दुवैलाई सामान्य चोटपटक पनि लागेको उनले बताए । वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिइ पीडित कार्कीको परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि पीडित कार्कीलाई थप उपचारका लागि विराटनगर पठाइएको पारिवारिक स्रोतले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.