Naya Media
आइतवार, साउन ३१, २०८३
| | August 15, 2026
आइतवार, साउन ३१, २०८३

गोंगबु हत्या प्रकरण : फेसबुकबाट अश्लील तस्बिर सार्वजनिक गरेपछि हत्या

User Photo मङ्लबार, साउन २७, २०७७
काठमाण्डाै ।

रोल्पाका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्‍कली फेसबुक आइडी बनाएर आफूलाई हैरान पार्न थालेपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन्। नक्‍कली फेसबुक आइडी बनाएर अश्लील तस्बिरहरु सार्वजनिक गर्न थालेपछि हत्या गरेको बयान उनले दिएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

हत्या आशंकामा कल्पना मुडभरी पौडेललाई प्रहरीले सोमबार चितवनबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार बिहान संयुक्त पत्रकार सम्मेलन हत्यामा आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा कृष्णबहादुर कल्पनाको तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको पाइएको बताए। एसएसपी ज्ञवालीका अनुसार प्रारम्भिक बयानमा आरोपीले फेसबुकमा अश्लील तस्बिर तस्बिरहरु सार्वजनिक गर्न थालेपछि हत्या गरेको बताएकी छिन् ।

हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।

हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार चितवनबाट ती महिला र उनकी छोरीलाई पक्राउ गरिएको थियो। सोमबार बिहान स्थानीयले सुटकेसमा रगत देखिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेस खोल्दा घाँटीभन्दा मुनिको भाग र घुँडाभन्दा माथिको भागको काटेर राखिएको अवस्थामा भेटिएको हो।

सुटकेसमा जीउमात्रै भेटिएकाले शरीरका अन्य भाग भेट्टाउन प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गर्‍यो। कुकुरको सहयोगमा सुटकेस भेटिएको ठाउँभन्दा केही पर वडा नं १० को स्वर्गद्वारी मार्गमा टाउको र खुट्टा फेला परेको थियो।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.