Naya Media
शुक्रबार, साउन २२, २०८३
| | August 7, 2026
शुक्रबार, साउन २२, २०८३

श्रीमानलाई अस्पताल जान्छु भनेर भतिजसँग घुम्न जंगलतिर, आर्थिक लेनदेनले हत्या

अल्का अस्पतालको कर्मचारी

User Photo शनिबार, भदौ २०, २०७७
काठमाण्डाै ।

भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हो । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

केसीको शव शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा हत्या गरेको अवस्थामा सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो ।

हत्या आरोपी केसीविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

शव फेला परेलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान सुई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।

मृतकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । ‘सहयोग गर्ने बहानामा मृतक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ,’ ती अधिकृतले भने ।

मृतक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ । अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् मृतक केसी ।

निर्मलले नै मृतक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृतक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् ।

निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।

‘त्यहिँ उनीहरुबीच झगडा हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘सामान्य झगडाले हत्याको रुप लिएको देखिन्छ ।’ यद्यपी झगडाको कारण आर्थिक लेनदेन हुनसक्ने आशंका गरिएको छ ।

घाँटी थिचेर गीताको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक केसीको शरीरमा केही चोटपटक समेत देखिएको छैन । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्रै हत्याको कारण भन्न सकिने एसएसपी राई बताउँछन् ।

मृतक केसीको श्रीमानले रक्सी खाएर सधैं गीतासँग झगडा गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे ।

श्रीमानबाट अपहेलित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् ।

‘राख्न दिएको पैसा मागेपछि हत्या गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको हत्या भएको हो । आरोपीले समेत घटना स्वीकारेका छन् ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.