
परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई दिसा खुवाइएकाे छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई श्रीमान् र गाउँले मिलेर कपाल मुण्डन समेत गरेर, मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ ।
परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा महिलालाई निर्घात कुटपिट गर्दै अमानवीय बर्बरता देखाएकाे घटना बाहिरीएकाे हाे । महिलामाथी क्रुर देखिएकाे समाजले उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि गरेन ।
शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको पिडित महिलाले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर कुटपिट गरे ।’
गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आफ्नाे ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन् ।
कुटपिट गर्ने श्रीमान्सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी ल्याएको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्छन्, कानुनी उपचार खोज्न सक्छन् । तर, कुटपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ ।’
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द