Naya Media
सोमवार, भदौ १, २०८३
| | August 17, 2026
सोमवार, भदौ १, २०८३

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

User Photo शुक्रबार, अशोज ३०, २०७७
काठमाण्डाै ।

। नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए ।

बढ्यो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही अघि ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर पनि विरोध गरिएको थियो ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लिल विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको छ । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिसकेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.