१०० नम्बरमा फोन

प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन- ‘आज ठूलो अपराध गर्दैछु, अनि आफु पनि मर्छु’

बुधबार, पुस २२, २०७७, काठमाण्डाै । 

मंगलबार ललितपुरमा एक पुरुषले महानगरीय प्रहरी परिसर ललितपुर कन्ट्रोलको १०० नम्बरमा फोन गरे, भने- ‘आज ठूलो अपराध गर्दैछु, अनि आफु पनि मर्छु !’ तर ‘ब्लफ कल’ भएकाले प्रहरीलाई हैरानी दियाे ।

आश्चर्यजनक फोन आएपछि महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले ती पुरुषको खोजी गर्न निर्देशन दिइन् । त्यसरी फोन गर्ने व्यक्ति हुन्, महालक्ष्मी नगरपालिका–४ कमल पोखरी बस्ने ३८ वर्षीय रामकुमार श्रेष्ठ भएकाे पत्ता लाग्याे। कन्ट्रोलमा फोन आएको करिब ५० मिनेटपछि प्रहरीले उनलाई पक्रियो । काभ्रे घर भएका रामकुमारलाई महानगरीय प्रहरी परिसर सातदोबाटोमा राखिएको छ ।

उनीमाथि थप अनुसन्धान र कारवाही गरिने ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताईन् । उनले भनिन्- ‘अपराध गर्छु भनेर घोषणा गर्न पाईंदैन, हामी उनको मानसिक अवस्था परीक्षण गराएर मुद्धा चलाउँछौं ।’

प्रहरीलाई फोन गर्दा मदिरा पिएको र रामकुमारको पारिवारिक समस्या रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै