Naya Media
बिहिबार, साउन ७, २०८३
| | July 22, 2026
बिहिबार, साउन ७, २०८३

प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन- ‘आज ठूलो अपराध गर्दैछु, अनि आफु पनि मर्छु’

User Photo बुधबार, पुस २२, २०७७
काठमाण्डाै ।

मंगलबार ललितपुरमा एक पुरुषले महानगरीय प्रहरी परिसर ललितपुर कन्ट्रोलको १०० नम्बरमा फोन गरे, भने- ‘आज ठूलो अपराध गर्दैछु, अनि आफु पनि मर्छु !’ तर ‘ब्लफ कल’ भएकाले प्रहरीलाई हैरानी दियाे ।

आश्चर्यजनक फोन आएपछि महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले ती पुरुषको खोजी गर्न निर्देशन दिइन् । त्यसरी फोन गर्ने व्यक्ति हुन्, महालक्ष्मी नगरपालिका–४ कमल पोखरी बस्ने ३८ वर्षीय रामकुमार श्रेष्ठ भएकाे पत्ता लाग्याे। कन्ट्रोलमा फोन आएको करिब ५० मिनेटपछि प्रहरीले उनलाई पक्रियो । काभ्रे घर भएका रामकुमारलाई महानगरीय प्रहरी परिसर सातदोबाटोमा राखिएको छ ।

उनीमाथि थप अनुसन्धान र कारवाही गरिने ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताईन् । उनले भनिन्- ‘अपराध गर्छु भनेर घोषणा गर्न पाईंदैन, हामी उनको मानसिक अवस्था परीक्षण गराएर मुद्धा चलाउँछौं ।’

प्रहरीलाई फोन गर्दा मदिरा पिएको र रामकुमारको पारिवारिक समस्या रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.