Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

तल्लो जातको केटासँग लागेको भन्दै बुवा-आमा द्वारा छोरीको जलाएर हत्या

User Photo सोमवार, पुस २७, २०७७
काठमाण्डाै ।

पर्सामा तल्लो जातको केटासँग लागेको भन्दै आफ्नै बुवा-आमाले छोरीको जलाएर हत्या गरेको रहस्य बाहिर आएको छ। पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ८ रामनगरी गाँउमा गत कार्तिक २९ गते लक्ष्मीपूजाका दिन भएको आगलागीमा परी १५ वर्षीया बालिकाको मृत्यु भएको भनिएको घटनामा आमाबुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको रहस्य अहिले खुलेको हो ।

कात्तिक २९ गते लक्ष्मीपूजाका दिन रामनगरीमा राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो ।

आगलागी भएका दिन प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घरभित्र भने माना कुमारीको शव जलेको अवस्थामा भेटिएको थियो ।

त्यसबेला बुवाआमाले माना निदाएकै अवस्थामा घरमा आगो लागेर जलेर मरेको भन्ने दाबी गरेका थिए । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले घरमा लागेको आगो र शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानका क्रममा मानाको जलाएर हत्या गरिएको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।अनुसन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको पत्ता लागेपछि प्रहरीलाई आशंका लागेर अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

मृतक बालिकाकी भाउजु मनिषा देवीले पनि नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । हत्याकी आरोपित मध्येका लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको आमा लालमतिले स्वीकारेको प्रहरीले जनाएको छ ।

लालमतीका श्रीमान मनाबोध अहिले फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.