Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

सम्पत्तिका लागि २५ लाख दिएर दाईकाे हत्या, ६ जना पक्राउ

User Photo बुधबार, माघ १४, २०७७
काठमाण्डाै ।

रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो ।घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

यादवलाई उनकै भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार रुपन्देहीको सियारी गाउँपालिका– २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव तथा सिद्धार्थनगर–११ का राकेश यादव र अफताव मुसलमान रहेका छन् । घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भनिने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन् ।

मृतकका काकाले भतिज राजेन्द्रको हत्या गराउने मध्यस्तकर्तालाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताए । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगिसकेका थिए ।

जितेन्द्रलाई स्थानीय भट्टी पसलमा मदिरामा निद्रा लाग्ने औषधी मिसाएर खुवाई बेहोस बनाएपछि पाइपले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापछि राजेन्द्रको मृत शरीरलाई घटनास्थलबाट घिसारेर केही तल पुर्‍याई पेट्रोल छर्केर आगो लगाइएको थियो ।

हत्यामा संलग्न सोनु मुराउले मृतकले लगाएको घडी र मोबाइल लगेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.