Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

भागरथीकी आमाकाे अन्तिम पटक छोरीको अनुहार हेर्ने चाहना अधुरै

User Photo आइतवार, फाल्गुन ९, २०७७
काठमाण्डाै ।

शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किएका केशव भट्टलाई आफ्नी आमालाई सम्हाल्न गाह्रो भइरहेको छ । आमा द्रोपती छोरीले बारीमा छरेको तोरी फुलेको देखेर छिनछिनमा भक्कानिएर रुन्छिन् ।

भागरथीको याद आउने घरका सबै वस्तु हटाइए पनि बारीमा ढकमक्क फुलेको तोरी के गर्नु ? दाजु केशवले भने, “छरेको तोरी उखेल्न नपाउँदै आफैँ ओइलाएर गई,” केशवले भने, “घर खर्च चलाउन बाख्रा पनि पालेकी थिई । बस्तुभाउ उसैको जिम्मामा थिए ।”

चडेपानी गाउँबाट डेढ घण्टाको दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव बुझे र दाजु केशव भट्टले महाकालीमा अन्तिम संस्कार गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहना थियो तर आमालाई आफन्तले हेर्न जान दिएनन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.