भ्रष्ट्राचार

सशस्त्रका इन्स्पेक्टर र सई ५० हजार घुससहित पक्राउ

बिहिबार, फाल्गुन १३, २०७७, काठमाण्डाै । 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका कार्यालय प्रमुखसहित दुई प्रहरी कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन्।

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दधिराम पौडेल र सोही कार्यालयमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) राजेश पासीलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो।

उनीहरूले फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा बिहान १० बजे गैडहवा गाउँपालिका–३ बाट नियन्त्रणमा लिइएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। उनीहरूबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै