बर्डफ्लु जाेखिम

बर्डफ्लुकाे अत्यधिक जोखिम रहे पनि अवैध कुखुरा आयात राेकिएन

शुक्रबार, फाल्गुन १४, २०७७, काठमाण्डाै । 

सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने रोकिएको छैन ।

काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रहरी प्रशासनले भारतबाट कुखुरा आयात गर्न नदिने बताइरहेको छ । यही बेला दुई दिनको अन्तरालमा भारतबाट अवैध रूपमा ल्याइएका १४ क्विन्टल अवैध कुखुरासहित सात मोटरसाइकल र सात तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात भने जारी रहेको सो घटनाले पुष्टि गरेको छ । सिमानामा खटिएको सशस्त्र प्रहरीले बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाबाट १४ क्विन्टल अवैध कुखुरा, मोटरसाइकल र तस्करलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी टोलीले बुधबार डुडुवा गाउँपालिका–१, पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको हा । टोलीले कुखरासहित सात मोटरसाइकल र सात तस्करलाई समेत पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण वागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै