Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

घाँस काट्न गएकी महिलाकाे दर्दनाक हत्या, बोकेको घाँसको भारी, चप्पल, नाम्लो, शव एकैठाउँमा पुरियाे

User Photo बुधबार, फाल्गुन १९, २०७७
काठमाण्डाै ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल सोमबार दिउँसो खोल्सी बजारनजिकै सडक कुनामा पुरिएको अवस्थामा मृत फेला परिन्। स्थानीयले सडक निर्माणमा प्रयोग गरिएको ‘डोजरको ठक्करपछि घाइते या मृत्यु भएको’ अवस्थामा सरस्वतीलाई पुरेको हुन सक्ने बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेकाले यसै भन्न नसकिने जनाएको छ।

शारीरिक रूपमा अशक्त सरस्वतीसहित चार महिला सोमबार घाँस काट्न गएका थिए। अन्य तीन जना भने फर्किएको स्थानीयले बताएका छन्। ‘उनले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो शव पुरिएकै ठाउँमा पुरिएको छ’, स्थानीय शम्भु पाण्डेले भने, ‘यो नियोजित रूपमा भएको दर्दनाक हत्या हो।’

सरस्वतीका छोरा सन्तबहादुर कुमालले यो घटनामा डोजर साहु या सडक ठेकेदारको मिलेमतो हुन सक्ने आशंका गरे। ‘चालक आफैंले मात्रै यत्रो अपराध गर्ने आँट गर्नै सक्दैनन्’, सन्तबहादुरले भने, ‘चालकले आफूभन्दा माथिकालाई सोधेर घटना लुकाउन नियतवश यो सब गरेको कुरामा हामीलाई शंका छ।’

धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले घटनामा मुछिएको डोजरका चालक फरार रहेकाले विस्तृत अनुसन्धान हुन नसकेको बताए। ‘ती महिलाको शव हामीले माटोले पुरिएको अवस्थामा निकालेका हौं। डोजरले ठक्कर दिएपछि मृत्यु भएर जानाजान पुरियो कि घाइते अवस्थामै पुरियो कि रु एक ठाउँमा घटना भएपछि अर्को ठाउँमा लगेर पुरियो कि भन्ने अनुसन्धानमै छौं’, एसपी खड्काले भने।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.