सुदुरपश्चिम

क्याम्पस व्यबस्थापन समितीकाे नेतृत्वबारेकाे छलफलमै नेत्र मैनालीमाथि आक्रमण, आक्रमणकारीकै प्रहरीमा उजुरी

आइतवार, साउन १७, २०७८, धनगढी । 

धनगढी उपमहानगरपालिका, फुलबारी स्थिती फुलबारी क्याम्पस व्यबस्थापन समितीकाे नेतृत्व चयनमा विवाद बढेपछी हात हालाहालकाे अवस्था श्रृजना भएकाे छ ।  क्याम्पसकाे नेतृत्वमा समाजमा स्वच्छ छबि भएका युवा नेता तथा लाेकप्रिय व्यक्ति नेत्र मैनालीले उम्मेद्वारी दिने बताएपछी राेक्न अर्काे पक्ष तथा क्याम्पसका निवर्तमान अध्यक्ष भुवन रिजालले आफु माथि आक्रमण गरेकाे मैनालीले बताएका छन ।

विगतमा पनि क्याम्पसमा हुने गरेका भ्रष्ट्राचार विरुद्ध लडदै आएका मैनालीलाई राेक्न अर्काे पक्ष लागिपरिरहेकाे थियाे । तर स्थानियले मैनालीलाई समर्थन गर्ने देखिएपछी उनीमाथि आक्रमण भएकाे स्थानिय युवाहरुले बताएकाछन ।

क्याम्पस व्यवस्थापन समितिकाे नेतृत्वबारे छलफल चलिरहेकोबेला अकस्मात आफुमाथि आक्रमण हुनु निन्दनिय र बिकाश विराेधी काम गर्नेहरुले सिमा नाघेकाे मैनालीले बताएकाछन ।

विवाद मैनाली माथि आक्रमण भए संगै सकिएन । उनका पक्षमा स्थानिय युवाहरु आक्रमण गर्ने भुवन रिजाल कहाँ पुगे, मैनाली संग माफी माग्न अनुराेध गरे तर रिजालले मानेनन, उल्टै झन विवाद बढाउन भुमिका खेले । उपस्थित युवाहरु माफी माग्नै पर्ने अड्डी लिइरहे । कुनै हालतमा रिजालले युवाहरुकाे कुरा नसुनेर सहमतीमा नआएपछी थप हाेहल्ला र हातपात सुरु भएकाे स्थानियले बताएकाछन । तर त्यहाँ पुगेका युवाहरुले भने सम्झाइबुझाइ गरेर फर्किएकाे बताएकाछन ।

अहिले उनै रिजाल आफुमाथी कुटपिट भएकाे भन्दै प्रहरीकहाँ पुगेर अर्काे नाटक सुरु गरेकाे भन्दै मैनालीले वास्तविक अन्याय त आफु माथि भएकाे दाबि गरेकाछन ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, साउन १७, २०७८ (August 1, 2021, 12:57 pm) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै