हत्याकाण्ड

संखुवासभा सामूहिक हत्याकाण्ड: थप तीन जना छिमेकी पक्राउ

सोमवार, अशोज ४, २०७८, काठमाण्डौ । 

संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो ।

उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

संघीय प्रहरी कार्यालय धरानका एसपी भिम दाहालले अनलाइनखबरसँग भने, ‘केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि नियन्त्रणमा लिएका छौं । आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

सोमवार, अशोज ४, २०७८ (September 20, 2021, 11:09 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै