हर प्रहर गाउँ र नगरी ,टाेल टाेल मा नेपाल प्रहरी भन्ने मुल नाराका साथ इलाका प्रहरी कार्यालय लम्की र इलाका ट्राफिक प्रहरी कार्यालय को सयुक्त आयोजनामा लम्की चौहारामा यात्रु सहायत कक्ष स्थापना गरिएको छ ।
दशै नजिकिँदै गर्दा टाढा बाट आएका यात्रु लाई समन्वय गर्न यात्रु सहायता कक्षको स्थापना गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले बताउनु भयो ।
समाजमा हुने अपराध कम गर्न समेत नागरिकले प्रहरी लाई सहयोग गर्नु पर्ने लम्की चुहा १ का वडा अध्यक्ष जनक बमले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय कैलालीको चाड पर्व विशेष सुरक्षा योजना अनुसार यस ईलाका प्रहरी कार्यालय लम्की र ट्राफिक प्रहरी कार्यालय लम्की,कैलालीको संयुक्त आयोजनामा नजिकै आउदै गरेको नेपालीहरुको महान चार्ड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्य नजर गरी हुन सक्ने सम्भावित अपराधिक गतिविधी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना गर्न गराउनको लागि लम्कीचुहा नगरपालिका १ लम्की चोकमा यात्रु सहायता कक्ष (Passenger Help Desk) स्थापना गरिएको हो ।
साथै कुनै पनि यात्रुहरु समस्यामा परेमा कार्यालयको यात्रु सहायता कक्षमा अथवा यस कार्यालयको सम्पर्क नम्बर ०९१-५४०१९९ / ९८५८४९०३०३ / ९८४२२४१५५० वा प्रहरी कन्ट्रोल १०० मा सम्पर्क गर्न हुन समेत अनुरोध गरिएको छ ।
