Kanoon Post
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024 |
बिहिबार, भदौ २७, २०८१

आधुनिक समाजमा बढ्दो अपराधिक गतिविधि

नेपालगञ्ज, बाके ।

बिगत केही समय यता कैलालि लगायत क्षेत्रमा विभिन्न जघन्य अपराधका घटना घटिरहेका छन। तस्करको नाममा हुने घट्ना हुन या ग्याङ फाईटको नाममा हुने घटना हुन या निर्मम हत्या नै किन नहुन यिनले हाम्रो समाज कतातिर गईरहेको छ भन्ने चित्र प्रस्तुत गर्दछन। मानिसलाई सर्वश्रेष्ठ प्राणी भनियता पनि कहिलेकाही मानविय समुदायमा अपराधिक मानसिकता हावी हुदा सोच्नै नसकिने बर्बरतापुर्ण हत्त्याहिंसाका घटनाहरु घटिरहेका छन।

घटना घटीसकेपछी केही समय त्यसको चर्चा हुनु र घटनाको जडमा गएर दीर्घकालीन उपचार नखोज्दा यस्ता घटनाहरु झन बिक्रालरुप लिएर जन्मिएको पाईन्छ।जनसंख्याको बढ्दो चाप,परिवर्तन र प्रगतिको नाममा सृजित मनोसामाजिक परिवेश(रोग), सामाजिक तथा आर्थिक असमानता, लागुपदार्थ दुर्व्यसनिको बढ्दो प्रयोग, भर्चुअल (सामाजिक सन्जाल) जिवनको देखासिकी, समाजमा ब्याप्त बेरोजगारी, नैतिक तथा धार्मिक शिक्षाको घट्दो पहुँच, अभिभावक तथा राज्यको लापरबाही आदि कारणले समाजले विभिन्न किसिमका घटना र बिकृतिहरु बेहोर्नु परेको छ। समाजमा आज बरबरतापुर्ण हत्त्या, अपहरण, चोरी डकैती, महिलाहिंसा, बलात्कार, एसिड आक्रमण, साईबर अपराध, लगायत संगठित अपराधका घटनाले शान्ति सुरक्षामाथी खतरा त पैदा गरेको छ नै साथसाथै प्रशासनिक चुनौती पनि थपिरहेका छन। यस्ता घटनाहरुले राज्यलाई चुनौती दिईरहेका छन र राज्य सम्यन्त्रप्रति आम नागरिकको भरोसा घटाईरहेका छन।

मुलुकमा यस्ता घटनाहरु बढ्नुका पछाडी विभिन्न कारणहरु रहेका छन जसमध्ये केही निम्न बमोजिम भेटिएका छन।

१. लागुपदार्थ दुर्ब्यसन

तराई मधेसको खुल्ला सिमाना, नेपाली बजारमा पनि सहजै उपलब्धता, र यस्ता पदार्थको सेवनले तनाव कम गर्छ र अरु भन्दा मोर्डन देखिईन्छ भन्ने गलत सोचका कारण युवायुवतीहरु लागुपदार्थ दुर्ब्यसनीमा फसिरहेका छन। यस्ता साधनको जोहो गर्नका लागि मानिस अनेक किसिमका गलत क्रियाकलापमा सम्लग्न हुने र साथै यस्ता पदार्थले प्रयोगकर्तालाई उत्तेजित र सिथिल गरिदिने भएकाले पनि अपराधिक गतिविधि बढ्ने गर्दछ।

२.समाजमा ब्याप्त बेरोजगारी

बर्तमान परिप्रेक्षमा बढ्दो अपराधिक गतिविधिको एक प्रमुख कारण समाज रहेको बेरोजगारी बनिरहेको छ। “खाली दिमाग सैतानका घर” भनेझै बेरोजगार ब्यक्तिको दिमागमा अनेक किसिमका कुराहरु खेल्ने र मानविय आवस्यकताको परिपुर्तिका खातिर अनेक किसिमका गलत कार्यकलापमा सम्लग्न हुन पुग्दछ जसले अपराध वृद्धिलाई टेवा पुर्याएको छ।

३. नैतिक शिक्षाको अभाव

अहिलेको समाज र शिक्षाले नैतिक तथा धार्मिक शिक्षा माथी जोड दिन नसक्दा मानिस अनैतिक अस्लिल र अपराधीक बन्दै गईरहेका छन। मानिसमा अरुको अस्तित्व स्वीकार्ने परम्पराको कमि भैसकेको छ, जसले समाजलाई बिकृत बनाउदै लगिरहेको छ।

४. अभिभावकको लापरबाही

बढ्दो न्युक्लियर फेमिलिको अवधारणा र अभिभावकको ब्यस्तताका कारण अभिभावकले आफ्ना बालबालिकाप्रती आवस्यक ध्यान दिन नसक्दा बालबालिका बिग्रदै जाने र उमेर बढेसङै अपरधिक गिरोहसगको सम्पर्कले गर्दा समाजमा अपराधीक गतिविधि बढ्दो क्रममा छन।

५. सामाजिक सन्जालको प्रभाव

सामाजिक सजालले त्यस्ता कुराहरु मात्र प्रस्तुत गर्दछन जस्तो उनिहरुले देखाउन चाहान्छन।आम मानिसले सामाजिक सन्जालमा देखाईने नक्कली जिवनशैली अवलम्बन गर्न खोज्छन जसले मानिसमा एनेक्सिटी डिसअर्डर, सोसल मिडिया डिप्रेसन जस्ता रोगहरुले समात्छ जसले यस्ता कुरा सहन सक्दैन उनिहरु आत्महत्या जस्ता अपराधमा सम्लग्न हुन्छन, अन्यले उक्त नक्कली जीवन अपनाउन आवस्यक आर्थिक जोहो गर्न अनेक किसिमका अपराधमा आफुलाई सामेल गराउछन। साथै अचेल मानिसरुले बढी समय मोबाइल, ईन्टरनेट आदिमा ब्यतित गर्ने हुँदा साईबर अपराधका विभिन्न घटनाहरु बाहिरिन थालेका छन।

६. सामाजिक तथा आर्थिक असमानता

अझै पनि हाम्रो समुदायमा अनेक किसिमका विभेद र आसमानता यथावत छन जसका कारण समेत अनेक किसिमका अपराधीक घटना घटिरहेका छन ।साथै भौतिकवादी बन्दै गईरहेको नेपाली समाज, मानिसहरुको तिव्र धनी बन्ने महत्वाकांक्षा, बिलासी जीवन र आर्थिक बस्तुहरु प्रतीको बढ्दो महत्त्व पूरा गर्न मानिसले गलत र अवैधानिक बाटो समेत पछ्याउँदै जानुले समाज अपराधीक बन्दै गएको छ।

७.राजनैतिक र प्रशासनिक संरक्षण

मुलुकमा सक्रिय विभिन्न अपराधीक गिरोहको होस या स साना अपराधमा सम्लग्नलाई नै किन नहोस विभिन्न राजनैतिक दल र प्रशासनको संरक्षण हुने हुँदा अपराधिहरुको मनोबल बढ्दै जाने र अपराधीक घटनाहरु दोहोरिदै जाने प्रकृया चलिरहेको छ।

उल्लेखित कारणहरु बाहेक कानुनी चेतनाको कमि , अशिक्षा ,मानिसहरुमा बढ्दो निराशा जस्ता कारणले समेत अपराधीक घटनाहरु बढ्दै गईरहेका छन।यस्ता घटनाहरुले मुलुकको सामाजिक र आर्थिक बिकास कठिनाई सृजना गरिरहेका छन।

सभ्य,सुदृढ र बिकसित समाज निर्माण गर्न स्थानीय,प्रदेश र संघीय सरकारद्वारा लागुपदार्थ दुर्ब्यसनीबिरुद्ध उचित नीति नियम र मापदण्ड तयार गरि लागू गर्न सकेमा र दुर्ब्यसनिमा फसिसकेका युवायुवतीलाई राज्यले निशुल्क सुधारगृहको ब्यवस्थापन गर्न सकेमा लागुपदार्थको प्रयोग कम हुने फलस्वरूप अपराधिक गतिविधि कम हुने देखिन्छ । शिक्षालाई ब्यावसायिक र रोजगारमुखी बनाउदै बेरोजगारी न्यूनीकरणका लागि विभिन्न उद्योग कलकारखाना खोली रोजगारि सृजना गरि उधमशिलतालाई बढाउन स्पष्ट र सहज अर्थिक अनुदानका कार्यक्रम लागू गरेमा बेरोजगारी समस्या हल हुने र अपराधीक गतिविधिमा कमि आउने हुनसक्छ।समाजमा ब्याप्त आर्थिक तथा सामाजिक आसमानता कम गर्न उपयुक्त कदम चाल्ने र सचेतना अभियान चलाउने ।

बालबालिकालाई नैतिक मर्यादित बनाउन राज्यले आफ्नो पाठ्यक्रममा नैतिक शिक्षालाई प्राथमिकताका साथ लागू गरेमा पनि सभ्य समाज निर्माणमा टेवा पुग्छ। सामाजिक संजालको प्रयोग सम्बन्धि नीति र सचेतना अभियान चलाउने गर्नाले पनि साईबर अपराध लगायत अपराधिक घटना न्यूनीकरण हुने देखिन्छ। भौतिकवादी बन्दै गईरहेको समाजमा आर्थिक र भौतिक बस्तुहरु पर पनि मानव जिवनको अस्तित्व , सभ्य समाजको आवस्यकता, परोपकार ईज्जत र प्रतिस्ठाले पनि महत्त्व राख्दछ भन्ने खालका अध्यात्मिक कार्यक्रम सन्चालन गर्न सकिन्छ। अपराधीलाई कुनैपनि किसिमको राजनैतिक र प्रशासनिक संरक्षण नगरी मुनासिब करबाही र पिडितलाई न्याय दिलाएर अमन चयन कायम गर्न तर्फ सम्पुर्ण राजनीतिक दल, प्रशासन, नागरिक समाजको ध्यान जान जरुरी छ।

मानव समुदालाई चुनौतीदिने र खलल पुर्याउने अपराधिक घटना राज्य एक्लैले न्यूनीकरण गर्न नसक्ने हुँदा प्रत्येक नागरिक , राजनैतिक दल, पत्रकारिता जगत, बुद्धिजिवि, नागरिक समाज, विभिन्न संघसंस्था आदिले आ आफ्नो ठाउँबाट अपराध र बिकृती न्यूनीकरण गर्नका लागि योगदान पुर्याएर सभ्य सुसूचित र बिकसित समाज निर्माण गरि मुलुकलाई बिकसित बनाउनु आजको आवस्यकता हो।

 

  • चक्र रिमाल

हाल महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा स्नातकोत्तर अध्यनरत छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading