जुवा खेलाउदै अरबौं उठाएर राजश्व नबुझाइ भाग्दै गरेका अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ

आइतवार, माघ २, २०७८, काठमाण्डौ । 

राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

चौबिसै घण्टा जुवा खेलाएर अरबौं उठाउने राजश्व नबुझाउने अमेरिकी नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा प्रहरीले पक्राउ गरेको हो ।

ती माइकले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गर्दै आएका छन् । उनले बुझाउनुपर्ने कर नबुझाएपछि समातिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार माइकले सरकारलाई १३ करोड रुपैयाँ तिर्न बाँकी छ । देशभर रहेका १० वटामध्ये ८ वटा क्यासिनोले राजश्व बुझाएका छन् । नबुझाउनेको लाइसेन्स जफत गर्ने राजश्वले जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, माघ २, २०७८ (January 16, 2022, 12:42 pm) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै