
कैलालीको लम्कीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। लम्की बजार चौराहमै स्थानीय अन्दाजी ३५ वर्षीय शेर बहादुर थापा माथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने लम्की बसपार्कका स्थानिय अन्दाजी २३ बर्षका प्रेम रावल लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रावल सङ्गै रहेका अन्यको खोजी कार्य भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
दुई वटा चक्कु,मोबाइल र केही लागुपदार्थ बरामद गरेको लम्की प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका एक प्रहरीले भने गालाम चक्कु लागेको छ भुडीमा चक्कु हान्न खोजिएको छ तर भुडिमा कपडा भएकाले भुडिमा कम चोट लागेको छ ।