ईलाका प्रहरी कार्यालय लम्कीले ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुहा ३ चिसापानी बस्ने ४० का विजय मल्ल रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खडकाले जानकारी दिनु भयो । उनको साथ बाट ३२ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर सहित अपरान्ह साढे ४ बजे राजिपुरबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यलय लम्कीमा शंकर खडका आए देखि लागू पदार्थका केसमा निकै निर्मम भएर काम गरि रहेका छ्न । उनले विद्यालयमै पुगेर विद्यार्थी हरु लाई जनचेतना दिने खालका काम गरि रहेका छन् ।
काठमाण्डौ ।