Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

टीकापुरमा भन्सार छलि गरी भित्रिदै गरेकाे लाखौंको अबैध कपडा बरामद

User Photo
बुधबार, पुस १०, २०८१
कैलाली ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं. ९ बाट मंगलबार राती भन्सार छलि गरी भित्रिदै गरेकाे अबैध कपडा प्रहरीले बरामद गरेको छ ।

खक्रौला स्थित सशस्त्र प्रहरि बलका गुल्मपति पुर्ण बहादुर चन्दले रात्री को १० बजे ३ लाख ८९ हजार बराबरको कपडा नियन्त्रणमा लिएको बताउनुभएको छ ।


advertisement

रात्रीको समयमा जङ्गलको बाटो भएर अबैध कपडा भित्रीन लागेको थियो, हामिहरु सजग थियौ तर तस्करहरूले सुइँको पाउनासाथ कपडा छोडेर जङ्गल मा फरार भएको डिएसपि चन्दले बताउनुभयो ।

नियन्त्रणमा लिएको कपडा सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाइएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, सिमामा हुने अबैध गतिविधि रोक्न कडाईका साथ अहोरात्र खटिएको उहाँले बताउनुभयो ।

त्यसैगरि इलाका प्रहरी कार्यालय टीकापुरले गत ३ गते रात्री ८ बजे ७२ हजार बराबरको अबैध कार्पेट तथा पुष ७ गते राति ८ बजे इन्जिनमा प्रयोग हुने ठुलो साइजको १ लाख बराबरको अबैध ब्याट्रि सहित मानिस पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नबिनराजा बुढाथोकिले बताउनुभयो ।

# टिकापुर # पक्राउ # भन्सार छलि

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.