Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

बिस्टेकसम्मेलनका लागी दुर्इ कराेड भाडामा बुलेटप्रुफ गाडी ल्यार्इदै, माेदी चढने गाडी भारतबाटै ल्यार्इने

User Photo
बिहिबार, भदौ ७, २०७५

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको छ ।

सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड निकासा गरेको हो ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन सदस्य राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्र प्रमुख भदौ १३ गते काठमाडौं आउँदैछन् ।

नेपाल प्रहरीसँग दुई वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । त्यस्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनासँग पनि केही बुलेप्रुफ सवारीसाधन छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने कार भारतबाटै ल्याइने छ । याे समाचार आजको कारोबारमा छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.