Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

नेप्सेका सिइओ भन्छन्, ‘मक ट्रेडिङमा लगानीकर्ताको चासो देखिएन, अनलाइन सुरु गर्न तयार छौँ’

User Photo बिहिबार, अशोज १८, २०७५

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मक ट्रेडिङ्मा लगानीकर्ताले चासो नदिएको बताएका छन्। नेप्सेले चाँडै कार्यान्वन गर्न लागेको ल्याउन लागेको अनलाइन प्रणालीमा लगानीकर्ताले अभ्यास नगर्दा ‘क्लोज आउट’ हुने सम्भावना देखिएको साउदले बताए।

‘अभ्यासको लागि दुर्इ तीन महिना राख्नु पर्ने हो तर भ्याइएन,’ उनले भने, ‘जति सयम अभ्यासको लागि राखिएको छ भरपुर प्रयोग गरेर अभ्यस्त हुनुहोस्।’ मक ट्रेडिङका लागि आवश्यक पर्ने युजर नेम र पासवर्ड ब्रोरकहरुले दिन नसक्दा पनि केहि समस्या देखिएको उनले बताए। ‘ब्रोकर साथीहरुलार्इ प्राविधिक ज्ञानको कमीका कारण यस्तो भएको हुन सक्छ,’ उनले भने।

सिडिएससीले बिहीबार आयोजना गरेको एक कार्यक्रममा साउदले अनलाइन कारोबारको लागि नेप्सेले सम्पूर्ण काम अन्तिम चरणमा पुर्याएको जानकारी दिए। ‘यससँगै अबका दिनमा देश विदेशबाट सजिलै शेयर कारोबार गर्न पाइने छ,’ उनले भने, ‘नेपालका दाजुभाइ दिदी बहिनी विदेशमा बस्नु भएको छ। उहाँहरुले विदेशबाटै शेयर कारोबार गर्न सक्नु हुनेछ।’ अनलाइन प्रणाली ल्याएसँगै ओटिसी बजारको विकास गर्ने साउदले प्रतिबद्धता व्यक्त गरे।

अहिले बजारमा इक्विटीको मात्रै कारोबार भैरहेको भन्दै भविष्यमा अन्य इन्स्ट्रुमेन्टको पनि विकास गर्ने साउदले बताए। मार्जिन ल्याण्डिङलार्इ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड विचमा केहि समझदारी भएसँगै कार्यान्वयनमा आउने साउदले प्रस्ट पारे।

‘शेयरमा लगानी गर्ने लगानीकर्ताको लागि आफूले लगानी गर्ने कम्पनीको सम्पूर्ण वित्तीय अवस्था थाहा पाउने हिसाबले सूचकहरु छुट्याउने काम भैरहेको छ,’ उनले भने, ‘हामीले काम गरिरहेका छौँ। कामै नगरेका होइनौँ।’

आगामी दिनमा घरमै बसेर शेयर बजारमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले लगानीकर्ताको ईच्छअनुसार प्रविधिमैत्री काम हुन नसकेको आरोप लगाए। त्यस्तै एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले नयाँ प्रविधिको विकास हुँदै गर्दा थप जोखिम आउने हुँदा यसमा सिडिएससीलार्इ थप चनाखो हुन अनुरोध गरे।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.