Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

आफ्नो क्षेत्रमा बजेट नपठाए अनशन बस्ने सांसद लिङ्देनकाे चेतावनी

User Photo शनिबार, माघ २६, २०७५

राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ती कार्यक्रमलाई तत्काल सुचारु नगरेमा र आफ्नो क्षेत्रलाई उपेक्षित गर्ने काम भए आफू अनशन बस्न पनि तयार रहेको बताए । ‘नसच्याए साँच्चिकै अनशन बस्छु, मेरो क्षेत्रका जनतालाई न्याय दिलाउने काममा अरु संघर्षका कार्यक्रम पनि गर्नेछु’, उनले भने । सत्तारुढ दलका कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट हुने गरेकाले आफ्नो क्षेत्रमा योजना नपरेको उनले बताए । कुनै ठाउँमा १० लाख मागेकोमा एक करोड १० लाख रुपैयाँ दिने, कुनै ठाउँमा एक रुपैयाँ पनि नदिने गरिएको उनले आरोप लगाए । सांसद अतहर कमाल मुसलमानले पनि बहुवर्षीय विकास निर्माणका आयोजना वर्तमान सरकारले रोक्ने काम गरेको बताए । यस्तो कार्य नरोकेमा सदन अवरुद्ध गर्ने उनको भनाइ थियो ।

नेकपाका सांसद गणेशकुमार पहाडीले सडक दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षालाई राज्यको प्रमुख दायित्व र चासोको रुपमा राख्नुपर्ने बताए । प्रतिवर्ष नेपालमा सडक दुर्घटनाबाट झन्डै दुई हजार ज्यान जाने गरेको भन्दै उनले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था ऐन २०४९ लाई समयानुकूल परिवर्तन गर्नुपर्ने बताए । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.