Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

सुदूरपश्चिम प्रदेशमा बजेटकाे १० प्रतिशतमात्रै खर्च, अब ४ महिनामा कति हाेला सदुपयोग ?

User Photo
बिहिबार, चैत्र १४, २०७५

कैलाली । चालु आर्थिक वर्षको ८ महिना सकिदासम्म सुदूरपश्चिम प्रदेश सरकारले जम्मा १० प्रतिशतमात्र खर्च गरेको छ । अब बाँकी चार महिनामा सरकारले कुन गतिमा बजेट खर्च गर्ने हो र त्यसको सुदुपयोग कति हुने हो भन्ने चासो बढेको छ ।

केन्द्र सरकारले चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेशमा २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको विनियोजन गरेको थियो । तर फागुन मसान्तसम्म पुँजीगत र चालु दुवैतर्फ गरी दुई अर्ब ५९ करोड २४ लाख एक हजार ६ सय ५० रुपैयाँ खर्च भएको छ ।

पुँजीगत अर्थात विकास बजेट खर्चको अवस्था झनै निराशाजनक छ । आर्थिक वर्षको दोस्रो चौमासिकसम्म ६.६० प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत यज्ञराज पाण्डेयका अनुसार चालु आर्थिक वर्षमा पुँजीगत तर्फ कुल ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा दोस्रो चौमासिकको अन्त्यसम्म ७७ करोड ३२ लाख ५६ हजार ५ सय २५ रुपैयाँमात्रै विकास बजेट खर्च भएको छ ।

सरकारले १५ करोड ५० लाख ४३ हजार ५५० रुपैयाँ पुँजीगत बजेट कार्यक्रममा खर्च गरेको छ । यसैगरी, नौ करोड तीन लाख ३७ हजार ७ सय १६ रुपैयाँ प्रशासनिक काममा खर्च गरेको छ ।

बजेट खर्चमा ढिलासुस्ती भएपछि सुदूरपश्चिम प्रदेशसभा बैठकमा सत्तापक्षकै सांसद्बाटसरकारको आलोचना हुन थालेको छ । बजेट र योजना कार्यान्वयनतर्फ सरकारको प्रगति निराशाजनक रहेको उनीहरुको गुनासो छ ।

नेकपा सांसद कुन्ती जोशीले चालु आर्थिक वर्षको अन्तिम चौमासिक लाग्दासम्म बजेट कार्यान्वयन हुन नसक्नु दुःखद् रहेको बताइन् । बजेट र योजना कार्यान्वयन हुन नसक्दा जनतामा नैराश्यता बढेको उनले बताइन् । सांसद जोशीले बजेट खर्च हुन नसक्नुको कारण जनताले खोजिरहेको समेत बताइन् ।

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्काले कैलाली, कञ्चनपुरमा परेको २ सय ४० योजनामध्ये ६५ प्रतिशत योजना अझै कार्यान्वयनमा जान बाँकी नै रहेको बताए । उनले पर्याप्त प्राविधिक कर्मचारी नहुँदा योजनाको लागत, स्टिमेट, डीपीआर बनाउन नै चुनौती रहेको बताए ।

प्रदेश मन्त्रालयहरुको हालत पनि उस्तै

यता प्रदेश सरकारले आठ महिनामा १३.९० प्रतिशत चालु बजेट खर्च गरेको छ । प्रथम चौमासिकसम्म यो बजेट खर्चको अवस्था ११.१९ प्रतिशत थियो ।

चालु आर्थिक वर्षमा चालुतर्फ १३ अर्ब ८ करोड १ लाख १ हजार रुपैयाँ बजेट छुट्टयाएको प्रदेश सरकारले आठ महिनामा १ अर्ब ८१ करोड ९१ लाख ४५ हजार १ सय २४ रुपैयाँ खर्च गरेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.