Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लगानी सम्मेलनमा देखिएकाे कैचि विवाद, प्रधानमन्त्री हिँडे- उद्योगमन्त्री यादवले स्क्रिनमा हेरे

User Photo शुक्रबार, चैत्र १५, २०७५

काठमाडौं । लगानी सम्मेलनको तयारीका क्रममा ‘छायाँ’मा परेका उद्योगमन्त्री मात्रिका यादव भब्य उद्घाटन समारोहमा पनि मन्त्रीहरुको लाइनमा थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा मञ्चमा थिए भने अरु मन्त्री अग्रसनमा थिए । तर, उद्योगमन्त्री त्यहाँ थिएनन् । उनी कार्यक्रम स्थलमा नपुगेका होइनन् । सिट नपाएपछि झोक्किएर कार्यक्रमको हलबाटै बाहिरिएका रहेछन् ।

उद्योगमन्त्री कहाँ छन् भनेर खोज्दा यादव स्क्रिनमा उद्घाटन समारोह हेर्न मिल्ने गरी बनाइएको हलको अन्तिम लहरमा बसिरहेका भेटिए । आफूलाई बेवास्ता गरिएकोमा उनी असन्तुष्ट रहेको प्रष्टै देखिन्थ्यो तर, पत्रकारसामू त्यसलाई पोखेनन् । गफिने क्रममा भने ‘पैसा नहुनेले राजनीति गर्न नहुने रहेछ’ भनेको सुनियो ।

सम्मेलनमा मात्र होइन, पूर्व तयारीका क्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. खतिवडा आफैं देखिन्थे । कतिसम्म भने सम्मेलन हुनेदेखि तयारी पुरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री यादवलाई देखिएनन् । उनलाई बोलाइएन वा बोलाएर पनि आएनन्, त्यो यादवलाई नै थाहा होला । तर, उनी देखिएनन् ।

सम्मेलन आयोजनाका लागि बनेको निर्देशक समितिको संयोजक अर्थमन्त्री खतिवडा नै रहे । सम्मेलनको एउटा शत्रमा उद्योगमन्त्री यादवले सम्बोधन गर्ने कार्यतालिका बनेको छ । शुक्रबार सवा ३ बजेबाट सुरु हुने ‘औद्योगिक पूर्वाधारको निर्माण र रोजगारी सिर्जनाको अवसर’ विषयक शत्रको सभापतित्व उनले गर्दैछन् ।

लगानी सम्मेलनमा पछाडि बसेका मन्त्री मात्रिका यादव ।

यादव यसअघि नै मन्त्री हुँदा ‘रुखो’ स्वभावका कारण पटकपटक विवादमा परेका थिए । यसपटक त्यस्तो कुनै घटना त भएको छैन तर, निजी क्षेत्रको विश्वास जित्न सकेका छैनन् ।

तर, निजी क्षेत्रसँग जोडिएर काम काम गर्नुपर्ने र लगानीकर्तासँग दैनिक संवादमा रहनुपर्ने उद्योगमन्त्री यादवलाई सम्मेलनको आयोजनामा भूमिका नदिइँदा असुन्तुष्ट देखिएका छन् । मन्त्रालय पुग्ने उद्योगी व्यवसायीलाई कडा शब्दमै जवाफ फर्काउने उनको बानीका कारण पनि उनीप्रति सकारात्मक धारणा बनेको छैन ।

तर, लगानी सम्मेलन गर्दैगर्दा भोलि लगानी भित्र्याउन उद्योग मन्त्रालयको जिम्मेवारीलाई नजरअन्दाज गर्न सकिँदैन । ६ अर्बसम्मको लगानी स्वीकृतिदेखि एकल विन्दु सेवा केन्द्रको व्यवस्थापनसम्मका काम यही मन्त्रालय र मातहतको विभागले गर्नुपर्छ ।

अघिल्लो दिन नै घोचपेच

लगानी सम्मेलन र त्यसक्रममा सरकारले संसदमा पेश गरेको विभिन्न विधेयकहरु तयार पर्ने क्रममा नै प्रधानमन्त्री र मन्त्री यादवबीच मतभेद देखिएको खबरहरु आएका थिए ।

तर, लगानी सम्मेलनको अघिल्लो दिन बिहीबार भृकुटीमण्डपमा सुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उद्घाटनका प्रधानमन्त्री र उद्योगमन्त्रीबीच घोचपेच चलेको थियो ।

कार्यक्रमको उद्घाटनमा पुगेपनि प्रधानमन्त्रीले रिवन काटेनन् । सम्बोधनका क्रमा प्रधानमन्त्री ओलीले मन्त्री यादवतर्फ हेर्दै भनेका थिए,‘धेरै कैँची चलाउन जान्ने मान्छे त उहाँ होइन, तैपनि रिवन काट्ने कामसम्म भने गर्नुस् भनेको छु मैले ।’

सम्बोधनपछि प्रधानमन्त्री हिँडे । तर, उद्योगमन्त्रीले आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्रीलाई जवाफ फर्काए । ‘राम्रो कामको लागि कैँची चलाउन त जान्नपुर्‍यो, उद्घाटन गर्ने काम पनि कैँचीले नै काट्ने हो’ उनले भने, ‘अर्को कैँचीले पकेट पनि काट्ने हो । राम्रो कामका लागि कैँची चलाउनै पर्छ भन्ने हाम्रो आग्रह हो ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.