समयमै काम नसक्ने करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था सहितकाे नेपाल निर्माण व्यवसायी नियमावली वैशाख ३० गते देखि लागू भइसकेको छ ।
अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बाँकी ठेक्काका विषयमा अध्ययन भइरहेको उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
