Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

काम सुरू भइसकेका यि दुई आयोजना, निर्माण सकिए सधैका लागी लाेडसेडिङ अन्त्य

User Photo आइतवार, असार १, २०७६
काठमाण्डाै ।

विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण १०६० मेगावाट र दूधकोसी ६३५ मेगावाट आयोजना एकसाथ अघि बढाएको हो।

यी आयोजना सम्पन्न भएपछि मुलुकमा कहिल्यै लोडसेडिङ नहुने प्राधिकरणको दाबी छ। कुलेखानी दोस्रो सञ्चालनमा आएको ३३ वर्षपछि सरकारले बृहत् जलाशययुक्त आयोजना निर्माण प्रक्रिया थालेको हो। दुवै आयोजनामा लगानी गर्ने औपचारिक प्रतिबद्धता पाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। दुवै आयोजनाको विस्तृत अध्ययन, डिजाइन, वित्तीय व्यवस्थापन, टेन्डरसहित सम्पूर्ण निर्माण कार्य बढीमा सात वर्षमा पूरा हुने गरी काम भइरहेको छ।

‘यी दुवै (माथिल्लो अरुण र दूधकोसी) को प्राकृतिक विशेषता अत्यन्त आकर्षक रहेकाले दाता उत्साहित छन्,’ घिसिङले भने, ‘प्राधिकरणको अहिलेको मुख्य लक्ष्य यी दुई आयोजनाको निर्माण हो।’ एक अर्ब २० करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ३२ अर्ब रुपैयाँ) को माथिल्लो अरुण (पिकिङ) मा विश्व बैंकबाट ओडीए (औपचारिक विकास सहायता) अन्तर्गत ४० करोड डलर, एसियाली विकास बैंक (एडीबी) बाट ४० करोड डलर लगानी प्रतिबद्धता आएको घिसिङले बताए। बाँकी लागत कर्मचारी सञ्चय कोष (२० करोड डलर) र स्थानीय वित्त उपयोग गरिने गरी प्रक्रिया अघि बढेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.