Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

यि रूटमा सवारी गुडाउन अनिवार्य तिर्नुपर्छ १० रुपैयाँदेखि १२० रुपैयाँ

User Photo सोमवार, असार १६, २०७६
काठमाण्डाै ।

अबदेखि नौबिसे–मुग्लिन र हेटौँडा–नारायणगढ सडकमा निजी तथा सार्वजनिक सवारीसाधनले सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ ।संघीय सरकारअन्तर्गतको सडक बोर्ड नेपालले भोलि मंगलबारबाट लागू हुने गरी यी दुईवटा सडकखण्डमा सडक उपभोग दस्तुर उठाउने भएको हो ।

सडक मर्मतसम्भारका लागि भन्दै सरकारले यी सडकखण्डमा गुड्ने सवारीसाधनमा १० रुपैयाँदेखि १२० रुपैयाँसम्म प्रतिसवारीसाधन सडक उपभोग दस्तुरका नाममा कर उठाउन लागेको हो ।

हेटौँडा–नारायणगढ सडकखण्डमा सवारीसाधनले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म तिर्नुपर्नेछ भने नौबिसे–मुग्लिन सडकखण्डमा १० रुपैयाँदेखि १२० रुपैयाँसम्म तिर्नुपर्नेछ । जसअनुसार हेटौँडा–नारायणगढ सडकखण्डमा भारी सवारीसाधन बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्टले प्रतिगाडी १०० रुपैयाँ, हलुका सवारीसाधन कार, जिप, पिकअप, भ्यान र ट्याक्टरले प्रतिगाडी ४० रुपैयाँ तथा तीनपांग्रे टेम्पो र मोटरसाइकले प्रतिसवारीसाधन १० तिर्नुपर्ने छ ।

त्यस्तै नौबिसे–मुग्लिन सडकखण्डमा भारी सवारीसाधन बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभिमेसिनरी इक्विपमेन्टले प्रतिगाडी १२० रुपैयाँ, हलुका सवारीसाधन कार, जिप, पिकअप, भ्यान र ट्याक्टरले प्रतिगाडी ५० रुपैयाँ तथा तीनपांग्रे टेम्पो र मोटरसाइकले प्रतिसवारीसाधन १० तिर्नुपर्ने छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.