Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

प्रभु बैंककाे एक बर्षकाे नाफा २ अर्ब ३ करोड

User Photo बिहिबार, साउन ९, २०७६
काठमाण्डाै ।

प्रभु बैंक लिमिटडेले बिहीबार आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांश सूचकहरु उत्साहजनक छन् ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ९६ करोड ७० लाख रुपैयाँमात्रै नाफा कमाएको थियो ।

किस्ट बैंक र ग्राण्ड बैंकलाई मर्ज गरेको प्रभु बैंकको अन्य सूचकहरु पनि उत्साहप्रदक देखिएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने १ अर्ब ७३ करोड नाफा गरेको विवरणमा उल्लेख छ ।

बैंकले १ खर्ब १२ करोड निक्षेप संकलन गरेको छ भने ८६ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ रहेको छ । बैंकले निस्कृय कर्जामा पनि राम्रो सुधार गरेको छ । अघिल्लो आर्थिक वर्ष झण्डै ४ प्रतिशत रहेकेा निस्कृय कर्जा बैंकले २.३१ प्रतिशतमा झारेको छ । बैंकले ४.७० प्रतिशत स्प्रेडदरमा काम गरेको छ ।

आधार दर (बेस रेट) मा पनि राम्रो सुधार भएको छ । असार मसान्तसम्म बैंकको बेस रेट ९.६३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षसम्म बैंकको बेस रेट १०.६३ प्रतिशत रहेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.