Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सेयर लगानीकर्ता निराश, सेयर बजार निरन्तर ओरालो

User Photo मङ्लबार, भदौ ३१, २०७६
काठमाण्डाै ।

धेरै सेयर लगानीकर्ता यतिबेला निराश छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा उनीहरुको लगानी डुबिरहेको छ । सोमबार १६.१८ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार १ सय २३.८३ अंकमा झरेको छ । यसअघि आइतबार पनि १७.८७ अंकको गिरावट आएको थियो ।

गत साताभर पनि बजार ओरालो यात्रामा नै थियो । नेप्से परिसूचक एक सातामा ३३.१९ अंकले खस्केको थियो । साताभर कुल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता सेयर एक अर्ब ५६ करोड तीन लाख ९९ हजार रुपैयाँ बराबरको कारोवार भयो ।

किन खस्कँदैछ सेयर बजार ?

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजारको अवस्था देखेर सबै लगानीकर्ताहरुमा निराशा छाएको बताउँछिन् । कतिपय लगानीकर्ताहरु घाटा खाएर भए पनि सेयर बेचेर बजारबाटै बाहिरिने योजनामा समेत रहेको उनले सुनाइन् ।

‘आजमात्रै धेरै साथीहरुको फोन आयो, बजारबाट हामी निस्कन्छौं, गाह्रो भयो भनेर धेरै दुखेसो गर्नुभएको छ’ पोखरेल भन्छिन्, ‘जतिमा हुन्छ, किन्ने मान्छे आए बेच्दिनुपर्ने अवस्थामा छन् लगानीकर्ताहरु ।’

सरकार बजारका विषयमा गम्भीर बने यस्तो अवस्था सिर्जना नहुने उनी बताउँछिन् । बजार घट्नुमा सरकारी नीति पनि एउटा कारण भएको उनको तर्क छ ।

‘नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायतलाई बजारमा प्रवेश गराउनेतर्फ ध्यान दिने हो भने सुधार हुन सक्छ,’ पोखरेलले भन्छिन ।

लगानीकर्ताहरुकै अर्को संगठन नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षण चौधरी पनि बजारको पछिल्लो अवस्थाले लगानीकर्ताको मनोवल गिरेको बताउँछिन् ।

‘बजार उकासिन अझै समय लाग्ने देखियो, मनोबल नै छैन, कसरी बढ्छ ?’ उनले भनिन्, ‘लगानीकर्तासँग पैसा नभएका कारण पनि बजारलाई नकारात्मक असर गरेको छ ।’

बजार कसैले भनेर बढ्ने वा घट्ने नहुने भए पनि अर्थमन्त्रीले सकारात्मक बोलिए केही सुधार हुन सक्ने उनी बताउँछिन् । नीति निर्माण गर्ने तहका व्यक्तिहरु सकारात्मक भए बजारलाई राम्रो प्रभाव पार्ने उनको धारणा छ ।

‘अर्थमन्त्रीका कारण घट्यो पनि भनिन्छ, तर म अर्थमन्त्रीकै कारण बजार घट्यो भन्ने पक्षमा छैन’ चौधरीले भनिन्, ‘अर्थमन्त्रीले बजारमा केही समस्या छैन लगानी गर्नुस् भनिदिए बजार धेरै नबढे पनि केही सुधार पक्कै हुन्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.