Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लकडाउन अवधिभर उत्पत्ति प्रमाणपत्र विना नै निर्यात गर्न सकिने

User Photo सोमवार, चैत्र २४, २०७६
काठमाण्डाै ।

लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र (सर्टि्फिकेट अफ ओरिजन) विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने अवस्था आएपछि दुवै मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको हो । तर, लकडाउन खुलेपछि निर्यात भइसकेको वस्तुको उत्पत्तिको प्रमाणपत्र बनाएर भारतलाई बुझाउनुपर्ने छ ।

भारतमा उत्पादित हुने वस्तु आयात गर्दा पनि उत्पत्तिको प्रमाणपत्र अनिवार्य नगरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । भन्सार तिरेर निर्यात हुने सामानमा भने यसले कुनै असर नगर्ने मन्त्रालयको भनाइ छ ।

नेपालमा उत्पादित वस्तु भारतमा निर्यात गर्दा सम्बद्ध वस्तु नेपालमा नै बनेको भनेर प्रमाणित गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गर्दै आएको छ । तेस्रो मुलुकमा निर्यात गरिने वस्तुको हकमा भने नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले प्रमाणीकरण गर्दै आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.