Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्कीचुहा, वडा नं- ४ काे क्वारेन्टाईन व्यवस्थापनको खर्च- ३३ लाख ६ हजार

User Photo शुक्रबार, असार २६, २०७७
लम्की कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ४ ले क्वारेन्टाईन व्यवस्थापनमा भएको खर्च विवरण एक कार्यक्रम गर्दै सार्वजनिक गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा नम्बर ४ मा स्थापना गरिएका क्वारेन्टाईनको व्यवस्थापनमा ३३ लाख ५ हजार ९ सय ४३ रुपैँया ९० पैसा खर्च भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष लाल बहादुर बोगटीले बताउनु भयो ।

वडा नं ४ मा जनता मापव चौरिपुर, सरस्वतिी मावि कौवापुर, नवजिवन मावि बलिया र पुर्णिमा प्रावि कौवापुर गरी चार वटा क्वारेन्टाईनको व्यवस्था गरिएको र ४ वटै क्वारेनटाइन व्यवस्थापनमा उक्त रूपैयाँ खर्च भएको वडा अध्यक्ष बोगटीले बताउनु भयो । चार वटै क्वारेन्टाईनमा गरी क्वारेनटाइन अवधिमा ५ सय ३२ जनाको व्यवस्थापनमा उक्त रकम खर्च भएको वडा अध्यक्ष बोगटीले बताउनु भयो ।

क्वारेनटाइन निर्माण तथा व्यवस्थापनमा वेड व्यवस्थापन तर्फ ३ लाख ७८ हजार ६ सय रुपैयाँ, विद्युत्त तथा खानेपानी मर्मत सम्भारमा १ लाख ५७ हजार १ सय ९० रुपैयाँ १० पैसा, सरसफाई सामाग्रीमा ९९ हजार १ सय ४० रुपैयाँ ६० पैसा, मसलन्दमा ११ हजार ९५ रुपैयाँ खर्च भएको छ भने यातायत खर्चमा ३ हजार ७ सय ३० रुपैयाँ, स्वास्थ्य सामाग्रीमा ७ हजार ४५ रुपैयाँ खर्च भएको वडाले बताएकाे छ ।

यस्तै क्वारेनटाइन व्यवस्थापनमा खटिएका व्यवस्थापक तथा स्वयमसेवकका लागि जोखिम भत्ता १ लाख ७० हजार ५ सय १० रुपैयाँ खर्च भएको बताइएको छ भने अस्थायी शौचालय मर्मतमा १३ हजार ९ सय ३३ रुपैयाँ २० पैसा खर्च भएको छ । यस्तै खाना, नास्ता र पानीमा २४ लाख ५३ हजार २ सय २० रुपैयाँ खर्चको विवरण सार्वजनिक गरिएको हाे ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.