Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सिभिल बैंक लम्की शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना पुष्टि

बैँकको लम्कीचुहा शाखाका दुई र जानकी गाउँपालिका शाखामा कार्यरत दुई गरी चार जना कर्मचारीमा कोरोना पुष्टि

User Photo बिहिबार, भदौ ११, २०७७
लम्की, कैलाली ।

सिभिल बैँक, लम्की शाखामा कार्यरत २ जना कर्मचारीमा काेराेना पुष्टी भएकाे छ । धनगढीमा प्रयाेगशालामा भएकाे परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका सिभिल बैँकका कर्मचारी लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा कार्यरत रहेका खुलेकाे हाे ।

लम्की शाखामा कार्यरत दुई जना र जानकी गाउँपालिकाको शाखामा कार्यरत एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । लम्की शाखामा कोरोना पुष्टि भएका एक जना गार्ड र एक जना कर्मचारी रहेका छ्न ।

लम्किका कोरोना संक्रमित कर्मचारी संग सम्पर्क गर्दा आफू र एक जना साथिलाई कोरोना भएको र अन्य कर्मचारीको स्वाव संकलन पनि गरि पठाएको उनले जानकारी दिएका छन । गत सोमबार बैंक बाट स्वाब दिन साथी र म गयौँ, आफुलाई ज्वरो एक दिन मात्र आएको पछि ज्वरो आफै सन्चो भएको तर शरीरमा आलस्य अहिले पनि भई रहेको छ संक्रमितले बताए । उनले भने, ‘म त्यती धेरै मानिसको सम्पर्कमा नआएकाे भएपनि कुनै सेवाग्राही बाट सरेको हुन सक्छ।’ कोरोना पुष्टि भएपछी मानिसहरुको हेर्ने नजर फरक रहेकाे र याे निकै दु:खद रहेकाे गुनासाे समेत उनले गरे ।

यस्तै बुधबारदेखि सम्पर्क बिहिन भएका अर्का संक्रमित पनि सिभिल बैँककै कर्मचारी भएको खुलेको छ। ती कर्मचारी पनि जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत छन्।

यो सँगै बैँकको लम्कीचुहा शाखाका दुई र जानकी गाउँपालिका शाखामा कार्यरत दुई गरी चार जना बैङ्कका कर्मचारीमा कोरोना संक्रमण देखिएकाे हाे।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.