Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने

User Photo मङ्लबार, माघ १३, २०७७
काठमाण्डाै ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बाजरको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो ।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको बताएको छ । क्यापिटलका अनुसार आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको छ । सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलको तयारी रहेको छ ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ ।

यद्यपि, कति आवेदन स्वीकृत हुन्छ र कतिले ५० कित्ता भन्दा कमका लागि आवेदन दिएका छन् त्यसले पनि कति कित्ता पर्ला भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.